Section 10
संवैधानिक निकायले बनाउने नियम, विनियम वा निर्देशिकाको प्रमाणीकरण

(१) प्रचलित कानून बमोजिम संवैधानिक निकायले बनाउने नियम, विनियम वा निर्देशिकाको दुई प्रति त्यस्तो निकायका प्रमुख पदाधिकारीको हस्ताक्षरद्वारा प्रमाणीकरण हुनेछ ।
(२) उपदफा (१) बमोजिमका प्रामाणिक प्रतिहरुमध्ये एक प्रति सम्बन्धित संवैधानिक निकाय र अर्को प्रति सम्बन्धित मन्त्रालयमा सुरक्षित साथ राख्नु पर्नेछ ।